हाम्रै नेपाल, जहाँ छोरा अन्माएर ज्वाईँ भित्र्याइन्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

झापा, १९ कार्तिक । छोराका लागि बुहारी भित्र्याउने प्रचलन पूर्वीय संस्कृतिमा सामान्य हो । नेपालको पूर्वी तराईमा बसोवास गर्ने सन्थाल समुदायमा भने छोरीका लागि ज्वाइँ भित्र्याउने चलन छ । पाँच वर्षअघि झापा गाउँपालिका-१ की २० वर्षीया सुमी हेम्रुमसँग मागीविवाह गरेका खयरबारी झापाका २५ वर्षीय लाल बेस्रा ससुरालीमै घरजम गरेर बसेका छन् । हेम्रुमसँग वैवाहिक सम्बन्ध गाँसेपछि बेस्राले आफ्नो थातथलो नै त्याग्नुपर्‍यो ।

बेस्रा दम्पती सन्थाल समुदायमा नौलो पात्र होइनन् । सन्थाल जातिमा घरज्वाइँ राख्ने परम्परा परापूर्वकालदेखिकै हो । ‘हामी छोरी अर्काको घरमा पठाउँदैनौं । ज्वाइँ ल्याएर घरजम गर्ने गर्छौं,’ झापा सरणामतीका ३० वर्षीय मुन्सी बासकीले भने । ‘अन्य जातिले छोरी अन्माएर कुटुम्बलाई दिइन्छ तर यो समुदायमा फरक प्रचलन छ,’ झापाका कांग्रेस नेता टंक विश्वकर्माले भने।

पूर्वीनेपालमा सन्थाल समुदाय करिब ५ हजार संख्यामा छ । झापा सुरुंगा आसपास वन क्षेत्रमा बसोवास गर्ने यो समुदायका करिब ४० घरमध्ये अधिकांशमा घरज्वाइँ छन् । लाल बेस्राका आमा रानी वासकीले २६ वर्षअघि बुबा हणमा वासकीलाई विवाह गरी भित्र्याएकी थिइन् । सरणामती( ६ झापामा जन्मे÷हुर्केका हणमा हाल घरज्वाइँ भएर झापाको भाकोडुब्बामा बस्दै आएका छन्। -अन्नपूर्ण पोस्ट दैनिकबाट

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);