रुपन्देहीमा समानुपातिकतर्फ काँग्रेस पहिलो | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

रुपन्देही, २९ मंसिर । रुपन्देहीमा सम्पन्न समानुपातिकअन्तर्गतको मतगणनाअनुसार नेपाली काँग्रेस प्रथम भएको छ ।मंसिर २१ गते भएको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सार्वजनिक गरिँदा प्रतिनिधिसभाअन्तर्गतको समानुपातिकमा काँग्रेस प्रथम भएको छ भने प्रदेशसभामा एमाले प्रथम भएको छ ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक सिट पछाडि रहेको काँग्रेस अन्तिम मतपरिणामअनुसार समानुपातिकमा भने पहिलो बनेको छ । जिल्लामा रहेका पाँच निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा जित निकालेको थियो । तीन सिट जितेको नेकपा ९एमाले० दोस्रो स्थानमा छ । संघीय समाजवादी फोरमले तेस्रो स्थान सुरक्षित गरेको हो ।

नेपाली काँग्रेसले एक लाख १५ हजार ३२९ मत प्राप्त गर्दै पहिलो बनेको छ । दोस्रो बनेको एमालेले एक लाख १३ हजार ५८५ मत प्राप्त गरेको छ । त्यस्तै, तेस्रो संघीय समाजवादी फोरमले ३७ हजार २९७, राजपाले २० हजार ५८३, माओवादी केन्द्रले १८ हजार २९४ मत प्राप्त गरेको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत नरेश्वर भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै, प्रदेशसभातर्फ पहिलो बनेको एमालेले एक लाख पाँच हजार ७३१ मत प्राप्त गरेको छ । दोस्रो हुँदै काँग्रेसले एक लाख तीन हजार ६९ मत प्राप्त गरेको छ भने तेस्रो संघीय समाजवादी फोरमले ३४ हजार ७० मत प्राप्त गरेको छ ।

माओवादी केन्द्रले २० हजार ५०६, राष्ट्रिय जनता पार्टी नेपालले १७ हजार ७५९, राष्ट्रिय जनमुक्ति पार्टीले १२ हजार ६६२, राप्रपा प्रजातान्त्रिकले सात हजार ९४२ मत पाएको छ ।

रुपन्देहीमा प्रतिनिधिसभामा ४९ र प्रदेशसभामा २७ राजनीतिक दलहरुले उम्मेदवारी दिएका थिए । रुपन्देहीमा प्रतिनिधिसभातर्फ पाँच र प्रदेशसभाका लागि १० निर्वाचन क्षेत्र रहेका थिए । रुपन्देही प्रतिनिधिसभा क्षेत्र नं १, २ र ३ मा एमाले, क्षेत्र नं ४ र ५ का काँग्रेसले जितेको थियो ।

२२ हजार मत बदर, मतदाता शिक्षामा ९१ लाख खर्च

रुपन्देहीलाइ पूर्ण साक्षर जिल्ला घोषणा गरिए पनि यहाँ २२ हजार मत बदर भएको छ । मंसिर २१ गते सम्पन्न दोस्रो चरणको निर्वाचनमा जिल्लाभरको तथ्यांक हेर्दा २२ हजार १९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

रुपन्देहीमा मतदाता शिक्षाका लागि रु ९१ लाख १९ हजार ५०० खर्च भएको थियो । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा निर्वाचन आयोगले देशभर मतदाता शिक्षाका लागि अर्बौं खर्च गरे तापनि खर्चअनुरुपको मतदाता शिक्षा प्रभावकारी देखिन सकेन ।

मतदाता शिक्षा प्रदान गर्न जाने शिक्षकले राम्रोसँग मतदाता शिक्षा दिन नसक्दा मतदाता शिक्षाका लागि खर्चिएको रकम बालुवामा पानी हाले जस्तै भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);