प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सबै मत परिणाम सार्वजनिक, ४० सिट जित्दै कांग्रेस पहिलो पार्टी बन्न सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौं, १२ असोज । तेस्रो चरणअन्तर्गत प्रदेश २ मा भएको स्थानीय तह निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ ।

प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट ४० स्थानीय तह जित्दै नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । यसैगरी संघीय समाजवादी फोरम २६ तह जित्दै दोस्रो र २५ स्थानीय तह जितेको राजपा तेस्रो भएका छन् । २१ स्थानीय तह जितेको माओवादी केन्द्रले चौथो स्थान हासिल गरेको छ । एमाले १८ तहमा विजयी हासिल गरेर पाँचौ स्थान कायम ग¥यो । नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ र नयाँ शक्तिले एक स्थानीय तह जितेका छन् ।

यसैगरी, वडास्तरमा नेपाली कांग्रेसका उम्मेद्वार ३ सय ३८, नेकपा एमालेका २ सय ३५, नेकपा माओवादी केन्द्रका २ सय २८, राष्ट्रिय जनता पार्टी नेपालका १ सय ९२, संघीय समाजवादी फोरमका १ सय ९०, नेपाल लोकतान्त्रिक फोरमका ३३, स्वतन्त्र ३१, राष्ट्रिय प्रजातन्त्र पार्टी १०, नयाँ शक्ति ५ र अन्यले ९ गरी स्थानमा विजय प्राप्त गरेका छन् । स्थानीय तहको निर्वाचनको परिणाम आएसँगै नेपालको संविधानको कार्यान्वयनको एक चरण पूरा भएको छ । अब मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी सुरु भएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);