निर्वाचन अपडेट : ११ तहको मात्रै मत परिणाम आउन बाँकी रहँदा कुन दल कुन स्थानमा ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

निर्वाचन अपडेट : ११ तहको मात्रै मत परिणाम आउन बाँकी रहँदा कुन दल कुन स्थानमा ?

local election

काठमाडौँ, ८ असोज । १३६ स्थानीय तह रहेको प्रदेश नम्बर २ मा सम्पन्न स्थानीय निर्वाचनमा हालसम्म १२५ तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ। जसमध्य अब ११ तहको मात्रै निर्वाचन परिणाम आउन बाँकी छ।

अहिले पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेस ३६ तहमा विजयी भएको छ भने संघीय समाजवादी फोरम २३, राजपा २३, माओवादी केन्द्र २१, एमालेले १६, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली नेपाली जनता दल २ र तथा नयाँ शक्तिले १ तह जितेको छ।

परिणाम आउन बाँकी रहेका स्थानीय तहहरु

नेपाली कांग्रेस

विजय शंकर प्रसाद साह मेयर सबैला नगरपालिका, धनुषा
देवदत्त बछारू थारू नेपाली कांग्रेस बारागढी गाउँपालिका, बारा

नेकपा (एमाले)

बसन्त मिश्र कञ्चनरूप नगरपालिका, सप्तरी
बिनोद साह कलैया उपमहानगरपालिका, बारा
भरतबहादुर भण्डारी कोल्हवी नगरपालिका, बारा
लालबाबु यादव आदर्श कोटवा गाउँपालिका, बारा

माओवादी केन्द्र

शिवराम कुशवाह कटहरिया नगरपालिका, रौतहट

राष्ट्रिय जनता पार्टी

लालकिशोर साह जनकपुर उपमहानगरपालिका, धनुषा

संघीय समाजवादी फोरम नेपाल

विजयकुमार सरावगी वीरगञ्ज महानगरपालिका, पर्सा
इनु राय यादव गरुडा नगरपालिका, रौतहट
भीमराज यादव राजविराज नगरपालिका, सप्तरी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);