प्रदेश २ निर्वाचन : १३१ तहको मतगणना सम्पन्न, ५ तहको गणना हुँदै (सूची सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, ९ असोज । असोज २ गते भएको स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अनुसार अहिलेसम्म १३१ तहको मतपरिणाम सार्वजनिक भएको छ। एक सय ३६ तहमध्ये अब ५ स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी छ। बाँकी तहमा मतगणना जारी छ।

अहिलेसम्म नेपाली कांग्रेस ३८ स्थानीय तहमा विजयी भएको छ। नेकपा एमाले १७ तहमा विजयी भएको छ। नेकपा माओवादी केन्द्र २१, संघीय समाजवादी फोरम २४, राजपा २४, लोकतान्त्रिक फोरम ३, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति १ तहमा विजयी भएका छन्।

यस्ता छन् अब मत परिणाम आउन बाँकी तह

 

नेपाली कांग्रेसको अग्रता
बारागढी गाउँपालिका बारा, थारू

एमालेको अग्रता
बिनोद साह कलैया उपमहानगरपालिका, बारा
भरतबहादुर भण्डारी कोल्हवी नगरपालिका, बारा

संघीय समाजवादी फोरमको अग्रता
विजयकुमार सरावगी वीरगञ्ज महानगरपालिका, पर्सा
भीमराज यादव राजविराज नगरपालिका, सप्तरी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);