प्रधानमन्त्री देउवाको सम्पत्ति: दाईजोमा आएको सात तोला सुन र १६ लाख बैंक ब्यालेन्स | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री देउवाको सम्पत्ति: दाईजोमा आएको सात तोला सुन र १६ लाख बैंक ब्यालेन्स

deuba

काठमाडौँ, ९ असोज । अन्ततः प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पद धारण गरेको लामो समयसम्म सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै चौतर्फी आलोचनापछि आइतबार सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो । विवरणमा उल्लेख भए अनुसार प्रधानमन्त्रीको व्यक्तिगत नाममा घरजग्गा छैन। यद्यपी डडेलधुरामा संगोलमा रहेको पैत्रिक सम्पत्ति भने छ ।

सम्पत्ति विवरणमा उल्लेख भए अनुसार २०५१ सालमा विवाहमा ७ तोला सुन र १० थान असर्फी प्राप्त भएको देखिएको छ ।

Deuba proparti

प्रधानमन्त्री देउवासँग २०५३ सालदेखि २०७० सालसम्म स्वआर्जनबाट खरिद गरेको भनेको केवल औँठी मात्र छ । हिरा, पन्ना, रुबी र मुगासहितको औँठीको मूल्य भने खुलाईएको छैन ।

Deuba proparties

२०७० मंसिरदेखि अहिलेसमम प्राप्त भएको सांसद्को पारिश्रमिक बापतको १६ लाख ५० हजार ७३९ रुपैयाँ प्रधानमन्त्री देउवाको नाममा रहेको एभरेष्ट बैंकको खातामा नगद व्यालेन्स रहेको विवरणमा उल्लेख छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);