वीरगन्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका विजयकुमार सरावगी विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पर्सा, ११ असोज । प्रदेश नम्बर २ को एकमात्र महानगर वीरगन्ज महानगरपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।

वीरगन्ज महानगरपालिकाको प्रमुखमा संघीय समाजवादीका तर्फबाट उद्योगी विजयकुमार सरावगी विजयी भएका हुन् । सरावगीले कांग्रेसका अजयकुमार द्विवेदीलाई करिब २२ मतले पछि पारे । जितपछि पत्रकारहरुसँग कुरा गर्दै सरावगीले वीरगन्जको विकास गर्नबाट आफूलाई कसैले रोक्न नसक्ने बताए ।

उपमेयरमा नेपाली कांग्रेसका शान्ति कार्की विजयी भइन् । कार्कीले संघीय समाजवादीकी उपप्रमुख उम्मेदवार पिंकीदेवी यादवलाई पछि पारेकी हुन्।

त्यस्तै, बाराको कलैया उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका राजेश यादव १० हजार ९ सय ३ मत ल्याएर प्रमुखमा विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी एमालेका विनोद साहले १० हजार ७ सय १६ मत ल्याउनुभयो । उपप्रमुखमा पनि कांग्रेसकै रहिमा खातुन विजयी हुनुभयो । प्रदेश नम्बर २ का एक सय ३६ तहमध्ये अब सप्तरीको राजविराज नगरपालिकाको मात्र नतिजा आउन बाँकी छ । राजविराजमा राजपा नेपालले अग्रता लिइरहेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);