सुनसरी -३ मा विजय गच्छदार विजयी, प्रत्यक्षतर्फको मतगणना सकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाण्डौँ, २७ मंसिर । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

बुधबार बिहान आएको अन्तिम मतपरिणाम अनुसार गच्छदार ३८ हजार ९ सय ७२ मतका साथ विजयी भएका हुन् । गच्छदारले एमालेकी प्रतिद्वन्द्वी भगवती चौधरीलाई ३ सय २१ मतले पछि पारेर विजयी भएका हुन् ।

नेकपा एमालेकी भगवती चौधरीले ३८ हजार ३ सय ५१ मत प्राप्त गरेकी थिईन् । यो सँगै प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको मतगणना सकिएको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्षतर्फको मतगणना सकिएसँगै समानुपातिकको गणना पनि बिभिन्न जिल्लामा सकिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);