प्रतिनिधिसभामा पाँच दलमात्र राष्ट्रिय दल | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

काठमाडौं, १ पौष । प्रतिनिधिसभामा पाँचवटा राजनीतिक दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने करिव निश्चित भएको छ । मङ्सिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको जारी मतगणना अन्तिम चरणमा पुगेको छ ।

कूलमध्ये ९५ प्रतिशतभन्दा बढी मतगणना भइसक्दा पाँचवटा राजनीतिक दलले मात्र न्युनतम थ्रेसहोल्डको लक्ष्य पार गरेका छन् । अन्य दलहरु थ्रेसहोल्ड लक्ष्यबाट निकै पर छन् । मतगणना अन्तिम चरणमा आइपुग्दा समानुपातिक निर्वाचनमा भाग लिई प्रत्यक्षतर्फ पनि विजयी भएका ४९ मध्ये पाँच दलमात्र राष्ट्रिय दल बन्ने निश्चित देखिएको छ ।

राजनीति दलसम्बन्धी ऐनको दफा ५२ अनुसार राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र प्रत्यक्षमा न्यूनतम एक सिट पाउनु पर्नेछ । प्रत्यक्षमा सिट जित्न नसकेर समानुपातिकमा तीन प्रतिशत मत कटाएका दलका सांसद् स्वतन्त्र हुनेछन् । तर, योपटक प्रत्यक्षमा एक सिटमा जित हासिल गरेका कुनै पनि दलहरु समानुपातिकको तीन प्रतिशत मत कटाउने लक्ष्यमा छैनन् ।
निर्वाचन आयोगका प्रवक्ता नजराज ढकालले शुक्रबार साँझ ६ बजेसम्म ९३ लाखको हाराहारीमा मतगणना भइसकेको बताउनुभयो । ढकालले शुक्रबारै राति वा शनिबार बिहानसम्म अन्तिम परिणाम आइसक्ने बताउनुभयो ।

‘धरौटी जफत हुने’
प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचनमा भाग लिएका ४९ मध्ये ४४ दलको धरौटी जफत हुने देखिएको छ । तोकिएको थ्रेसहोल्ड कटाउन नसक्ने दलको धरौटी जफत हुने कानुनी व्यवस्थाका कारण तीन दलको धरौटी जफत हुने भएको हो । सदर मतको कम्तीमा तीन प्रतिशत मत नल्याउने दलको जमानत जफत हुनेछ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७१ अनुसार सिट बाँडफाँटमा एक सिट पनि नजित्ने दलको धरौटी जफत हुने व्यवस्था छ । दलहरुले चुनावी प्रतिस्पर्धाका क्रममा ५० हजार रुपियाँ धरौटी बापत राखेका हुन्छन् ।
धरौटी जफत हुने दलहरुमा विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा माले लगायतका दलहरु छन् ।

प्रदेश ३ मा एमालेको एकल बहुमत
प्रदेश ३ को सरकार गठनका लागि एमाले एक्लैले बहुमत पाएको छ । सवैभन्दा ठूलो प्रादेशिक संसद् प्रदेश ३ मा ११० सदस्यीय छ । जसमा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ सदस्य छनोट हुनेछन् । एमालेले प्रत्यक्षमा ४२ स्थानमा जित हासिल गरेको छ भने समानुपातिकमा पनि एमाले पहिलो दल बनेको छ ।
यस्तै, प्रदेश ४ र ५ को पनि अन्तिम नजिता आइसकेको छ । यहाँ वाम गठबन्धनलाई बहुमत प्राप्त छ । प्रदेश ५ मा गठबन्धनलाई दुई तिहाई सिट प्राप्त भएको छ । प्रदेश ३ मा एमालेले छ लाख ६५ हजार २४९, काँग्रेसले पाँच लाख ४९ हजार ५०४, माओवादी केन्द्रले तीन लाख १२ हजार ९७, विवेकशील साझाले एक लाख १७ हजार १३९, राप्रपाले ५८ हजार १६३ र अन्य दलले एक लाख ५० हजार ९१४ मत पाएका छन् ।
जसमा एमाले, काँग्रेस, माओवादी, विवेकशील साझा, राप्रपा ९प्रजातान्त्रिक०, राप्रपा र नेमकिपाले प्रदेशसभा सदस्य निर्वाचन ऐनले तोकेको डेढ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् । मत विभाजक सूत्रको औसत सिट बाँडफाँट अनुसार एमालेले प्रदेश ३ मा १६ सिट पाउनेछ । यसरी एमालेले प्रत्यक्षसहित ५८ सिटमा विजयी हुँदै सरकार गठनको बहुमत पाएको छ ।

थ्रेसहोल्ड कटाए पनि सिट नपाउने
प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ सदर मतको तीन प्रतिशत थ्रेसहोल्ड कटाउने दलको प्रतिनिधित्व सुनिश्चित भए कम्तीमा चार सिट ग्यारेन्टी छ । तर, प्रदेशतर्फ १।५ प्रतिशत थ्रेसहोल्ड कटाए पनि सिट निश्चित छैन । थ्रेसहोल्ड कटाउन आवश्यक मतभन्दा सिटका लागि आवश्यक मत बढी भएको अवस्थामा सिट पाइने छैन । प्रदेश ५ तथा ६ मा १।५ प्रतिशत थ्रेसहोल्ड कटाए पनि साना दलको सिट सुनिश्चित छैन । सवै प्रदेशमा कम्तीमा दुई प्रतिशत मत कटाएको साना दलको सिट सुरक्षित छ । यसरी थ्रेसहोल्ड कटाएर सिट पाउने दलले प्रथ्यक्षमा कुनै सिट नजितेको अवस्थामा पनि दलकै नामबाट सांसद् हुन पाउनेछन् ।

 

ड्ड समानुपातिक निर्वाचनतर्फको मतगणना अन्तिम चरणमा पुग्दा एमाले, माओवादी, काँग्रेस, संघीय समाजवादी फोरम र राजपा राष्ट्रिय दल बन्ने निश्चित भएको छ । अन्य दल राष्ट्रिय दल बन्नका लागि चाहिने न्युनतम मतको सीमाभन्दा धेरै पर छन् । गोरखापत्र

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);