समानुपातिकबाट प्रतिनिधिसभामा पाँच दलको मात्र प्रतिनिधित्व | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाण्डौँ, २८ मंसिर । प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट पाँच दलको मात्र प्रतिनिधित्व हुने भएको छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ९ दलले जित हात पारेकामा दलहरुले ल्याउनुपर्ने न्यूनतम मतको सीमा अर्थात थ्रेसहोल्डको व्यवस्थाका कारण समानुपातिक तर्फबाट पाँच दलको मात्र प्रतिनिधित्व हुने भएको हो ।

समानुपातिकतर्फको मतगणना अन्तिमतिर पुग्दा पाँच दलले मात्र ३ प्रतिशत मत कटाएका छन् । प्रत्यक्षतर्फ एक सिट जितेको राप्रपा र विवेकशील साझा थ्रेसहोल्ड कटाउन संघर्षरत भएपनि उनीहरुले ३ प्रतिशत मत नल्याउने देखिएको छ । पहिलो र दोस्रो चरणको निर्वाचनमा १ करोड ५ लाख मत खसेका कारण थ्रेसहोल्ड कटाउन ३ लाख भोट ल्याउनुपर्छ । तर नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राजपा वाहेकका दलले ३ लाख नल्याउने देखिएको छ ।

पाँचौं स्थानको राजपाले ३ लाख मत कटाउँदा छैटौं स्थानको राप्रपाले १ लाख ७५ हजार तथा सातौं स्थानको विवेकशील साझाले १ लाख ७४ हजार मत पाएका छन् । संसदमा पुग्ने दलहरुको संख्या घट्ने भएपछि यसले सत्तारोहणका लागि साना दलहरुलाई मन्त्री पद जथाभावी बाँड्ने जस्ता राजनीतिक सौदाबाजी र बेथिति नियन्त्रण हुने विश्लेषकहरुले बताएका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ ८८ दलले भाग लिएका थिए ।

यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा थ्रेसहोल्डको व्यवस्था नराखिएका कारण संसद्मा साना ठूला गरी ३१ दलले प्रतिनिधित्व गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);