२३ सिटमा खुम्चिएपछि कांग्रेसभित्र खैलाबैला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, २७ मंसिर । दोस्रो संविधानसभा निर्वाचनमा पहिलो दल बनेको कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ तेस्रो स्थानमा सिमित भयो । चुनाव अघि बहुमत ल्याउने दावी गरेको कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २३ सिटमा खुम्चिएपछि कांग्रेसभित्र खैलाबैला मच्चिएको छ ।

नेपाली कांग्रेसले चुनावमा नराम्रोसँग पराजय बेहोरेपछि राजनीतिक बृतमा बहस सुरु भएको छ । कांग्रेस भित्र पराजयको जिम्मेवारी नेतृत्वले लिनुपर्ने आवाज उठ्न थालेको छ । तर कांग्रेसका केही नेता भने कांग्रेसको लोकप्रियता नघटेको दाबी गरिरहेका छन् । दुई कम्युनिष्ट दल मिल्दा कांग्रेसले अप्रत्यासित हार वेहोर्नुपरेको उनीहरुको तर्क छ ।

तर विश्लेषकहरु कांग्रेस नेताको तर्कमा सहमत छैनन् । कांग्रेस नेताको तर्क नाक जोगाउन गरेको कुतर्क भएको विश्लेषकको भनाइ छ । आफूलाई समयअनुकुल परिमार्जन गर्न नसक्दा कांग्रेसले पराजय बेहोर्नुपरेको विश्लेषकको भनाइ छ ।

आफ्नै नेतृत्वमा संविधान जारी भएको र संविधान कार्यान्वयनको महत्वपूर्ण पक्षको रुपमा रहेको निर्वाचन पनि आफ्नै नेतृत्वमा गराउँदा समेत किन हार बेहोर्नु पर्यो भन्दै अहिले कांग्रेस बृत्तमै खैलाबैला मच्चिएको छ ।

अप्रत्यासित हारको जिम्मा कस्ले लिने भन्ने विवाद समेत कांगे्रसमा चुलिएको छ । युवा नेताहरु निर्वाचन परिणमको जिम्मा सभापति शेरबहादुर देउवाले लिनुपर्ने भन्दै नैतिकताका आधारमा राजिनामा दिनुपर्ने माग गरिरहेका छन् ।

सभापति देउवाले संगठनका संरचना नबनाएको, संगठनलाई भन्दा पनि आफ्ना आसेपासेलाई मात्र लिएर पार्टी र सरकार चलाएको, निर्वाचनको टिकट वितरणमा समेत आफ्नालाई प्राथमिकता दिएको उनीहरुको आरोप छ ।

साथै निर्वाचनको प्रचारमा प्रभावशाली व्यक्तिको प्रयोग नगरेर प्रधानमन्त्री एक्लै दौडिदा विकास र समृद्धिको एजेण्डा दिनुको सट्टा कम्यिुनिष्टले जित्यो भने अधिकनायकवाद आउँछ भन्ने हौंवा मात्र प्रचार गरेकाले हारकोे जिम्मा सभापति देउवाले नैं लिनुपर्ने उनीहको भनाइ छ ।

तर सभापति देउवा पक्षधर नेताहरु भने कांग्रेस ०६७ साल देखि नै सामुहिक नेतृत्व पद्धतिमा रहेको दाबी गर्दै नेतृत्वलाई दोष दिएर पन्छन नमिल्ने तर्क गरिरहेका छन् ।

कांगेसभित्र चुनावी परिणामको जिम्मा कस्ले लिने भन्ने विवादमा जसले जसलाई आरोप लगाएपनि अवका पाँच वर्ष सत्ताको दर्शककै भूमिकामा उभ्याइदिएइको छ । झन प्रदेशसभामा देखिएको एकदमै कमजोर उपस्थितिले भने उसलाई संघीयताको कार्यान्वयनमा सहभागि हुने अवसरबाट समेत बञ्चित गरिदिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);