सत्ता गठवन्धनका लागि ‘सुन्निएको चुनाव परिणाम’ र ‘सुकेको स्थानीय निकाय निर्वाचन’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सत्ता गठवन्धनका लागि ‘सुन्निएको चुनाव परिणाम’ र ‘सुकेको स्थानीय निकाय निर्वाचन’

ईमाउण्टेन टिप्पणी,

हालै सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्तारुढ गठवन्धनले १८ सिट जितेको छ । जित्न त १९ सिट नै पर्ने हो । तर पार्टी भित्रको अन्तरघातका कारण एक सिट गुमाएको छ । राष्ट्रियसभामा अहिलेका मतदाता ०७३ सालका हुन् । ०७३ सालमा मतदाताले उनीहरुलाई पत्याएर मतददान गरेका हुन् । अर्थत तिनले ०७८ वा ७९ को प्रतिनिधित्व गर्ने सक्दैनन् ।

नेपाली मतदाताको बेला बेलामा मत परिवर्तन भईरहन्छ

२०४८ सालमा नेपाली कांग्रेसले बहुमत ल्यायो । स्पपष्ट बहुमत आएको कांग्रेसले त्यसलाई लामो समय टिकाउन सकेन । ०५१ सालको चुनावमा आएर यो भत्कियो । त्यसबेला भएको मध्यवधी निर्वाचनमा एमाले पहिलो र कांग्रेस दोस्रो पार्टी बन्न पुग्यो । नेपालको राजनीतिमा यसको दीर्घकालीन असर समेत पर्यो । संसदीय फोहोरी खेल समेत यहि संसदबाट शुरु भयो । सुरा–सुन्दरी काण्ड र हडकड् काण्ड समेत यसै संसदबाट प्रवेश गर्यो ।

०५६ सालको निर्वाचनमा नेपाली काग्रेसले बहुमत ल्यायो । तर यस भन्दा अगाडि ०५४सालमा भएको स्थानीय निकायको निर्वाचनमा एमालेले झण्डै दुई तिहाई सिट प्राप्त गरेको थियो । अहिलेको सत्ता गठबन्धनले प्राप्त गरेको चुनाव परिणामलाई आधार मान्ने हो भने एमालेले आम निर्वाचनमा दुई तिहाई सिट ल्याउनु पर्ने हो । तर ६९ सिटमा खम्चुनु पर्यो ।
अहिले पनि गठवन्धन एक भएपनि बहुमत सिट ल्याउन कठिन हुने कुरा घटनाक्रमले पुष्टि गर्देछ ।

राष्ट्रियसभाको अहिलेको निर्वाचनमा गठवन्धनको १९ सिट आउनु पर्ने हो । तर एक सिट गुमेको छ । त्यसैले चुनाव जितियो भनेर को को होला केवल त्यो ‘मृग तृष्णा’ सवित हुने छ । त्यसैले अहिले चुनाव जितियो भनेर यसलाई प्रचार गनु सुन्निएर मेटाउनु जस्तै हो ।

आगामी चुुनावमा गठबन्धनका कुरा एकतर्फी प्रेम मात्रै

आगामी निर्वचनमा गठवन्धनका दलबीच चुनावी तालेलको कुरा खुव उठेको छ । विशेष गरी सत्ताका घटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले यसलाई ं जोडतोडका साथ उठाएको पाईन्छ । तर घटकको ठुलो दल नेपाली कांग्रेस भने यस कुरामा मौन बसेको छ । किन कि प्रदेश र स्थानीय निकायमा केही स्थानमा तलमेल गर्न संभव भएपनि संघीय चुनावमा त्यो फलामका च्युरा सरह हुने छ ।

यसको कारण कांग्रेस आफैमा ठुलो पार्टी हो र उसलाई नेताको व्यवस्थापन गर्न आफैभित्र जटिल छ । तर धेरैलाई थाहा छ आगामी निर्वाचनमा कांग्रेस बाहेको सबैको दायनीय स्थिति हुने छ । त्यसैले स्थानीय निकायको निर्वाचन पर सारेर राष्ट्रियसभाको निर्वाचनको परिणामाको प्रचार गरेर जितको खुशी मनाउने यो प्रयस हो । किन भने नेपाली कांग्रेस बाहेकका दलले अबका चुनावमा जितको दृष्य देख्ने छैनन् ।

यदि जितको त्यत्रो उन्माद भएको भए स्थानीय निकायको निर्वाचन किन पछि सार्नुपथ्र्यो । त्यसैले कांग्रेस बाहेकका दलले परिणाममा सुन्निएको राष्ट्रिय सभाको निर्वाचन परिणाम र सुकेको परिणाम आउने आगामी स्थानीय निकायको निर्वाचन देखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);