प्रधानमन्त्रीसँग प्रचण्ड र माधव नेपालको छलफलमा भोलि गठबन्धनको बैठक बोलाउने सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रधानमन्त्रीसँग प्रचण्ड र माधव नेपालको छलफलमा भोलि गठबन्धनको बैठक बोलाउने सहमति

काठमाडौं । सत्ता गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच आगामी निर्वाचनका विषयमा छलफल भएको छ । आजको छलफलमा सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक भोलि बोलाउने सहमति सहित सकिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा छलफल गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच छलफल चलिरहेको बेला माधव नेपाल पनि पुगेका थिए ।

बैठक स्रोतका अनुसार ‘आजको छलफलमा भोलि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ ।’ सत्ता गठबन्धनबीच स्थानीय तहको निर्वाचन केही पछि धकेल्ने विषयमा बहस हुँदै आएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);