मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं, १४ चैत्र । सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकविना निष्कर्ष टुंगियो । मन्त्रिपरिषद विस्तारका लागि आज दिउँसो ४ बजे सत्ता गठबन्धनको बैठक बोलाउने समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भएको छलफल कुनै निष्कर्षमा पुग्न सकेन । छलफलका लागि नेताहरुले फेरि मंगलबार अपराह्नसम्मको भाखा राखेका छन् ।

उक्त भेटघाटपछि मन्त्रिपरिषद विस्तारका लागि आज दिउँसो ४ बजे सत्ता गठबन्धनको बैठक बोलाउने समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डलले मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धका नेताहरुसँग निरन्तर छलफल गरिरहनुभएको छ । मन्त्रालयको संख्या बाँडफाँटमा दलहरुबीच कुरा मिल्न सकिरहेको छैन ।

एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्ड एक्लैले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहे रहनुभएको छ । सत्ता गठबन्धनबीच कसले कुन मन्त्रालय पाउने भन्ने अन्तिम भागबन्डा नभएको र दलभित्रै पनि कसलाई मन्त्री बनाउने भन्ने निष्कर्षमा दलहरु नपुग्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);