काम चलाउ सरकारले प्रदेशमा प्रतिनिधि तोक्न मिल्दैन : नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, २७ मंसिर । एमालेका नेता माधवकुमार नेपालले काम चलाउ सरकारले सात प्रदेशमा प्रतिनिधि तोक्न नमिल्ने तर्क पेश गरेका छन् ।

काठमाडौँ आयोजित एक कार्यक्रममा बोल्दै उनले नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा वर्तमान सरकारले दीर्घकालीन प्रभाव पार्ने प्रदेश संयोजक तथा प्रतिनिधि नियुक्ति गर्न नैतिकरुपमा पनि नमिल्ने विचार व्यक्त गरेका छन् ।

कांग्रेसले चुनाव प्रचारका क्रममा वाम गठबन्धनको सरकार बनेपछि अधिनायकवाद आउने भन्दै हिंडेपनि यस्तो हुनै नसक्ने नेपालले स्ष्ट पारे ।

आर्थिक सशक्तिकरणका माध्यमबाट जनताले अनुभूति गर्ने गरी विकास र समृद्धिका कार्य चाँडो शुरु गरिने उनले बताए । पाँच वर्ष भित्रमा सामाजिक रुपान्तरण गरी देशको मुहार फेर्न अबको सरकार प्रतिबद्ध हुनेमा उनले जोड दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);