धानको न्युनतम समर्थन मूल्य बढाउन सांसद यादवको माग | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०८३, सोमबार

धानको न्युनतम समर्थन मूल्य बढाउन सांसद यादवको माग

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम सुप्रभात यादवले धानको न्युनतम समर्थन मूल्य बढाउन माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले तराईमा उत्पादन हुने बासमती धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल १० हजार रुपैयाँ र बंगलीया धानको न्यूनतम समर्थन मूल्य कम्तीमा ५ हजार रुपैयाँ निर्धारण गर्न माग गर्नुभयो । उहाँले अन्य जातका धानको समेत उचित समर्थन मूल्य तोक्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले किसानले मल, बीउ र सिंचाईको अभाव झेलिरहेको भन्दै कृषि उत्पादनका लागि आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउन समेत सरकारको ध्यानाकर्षण गराउनु भयो । किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य नपाउँदा ऋणको भार बोक्न बाध्य भएको भन्दै उहाँले कृषि बिमा कार्यक्रम प्रभावकारी बनाउन समेत माग गर्नुभयो ।

सांसद यादवले किसानको जीवनस्तर उकास्न बीउ, मल, सिंचाई, कृषि बीमा र कृषि उपजको उचित मूल्य निर्धारणलाई प्राथमिकतामा सरकारसँग जोडदार माग गर्नुभयो ।

Leave a Reply