व्यापारीले भनेकै दरमा किसान धान बेच्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

व्यापारीले भनेकै दरमा किसान धान बेच्न बाध्य

dhan utpadhan


काठमाडाैं,१३ मंसिर। सरकारले धानको न्युनतम सर्मथन मूल्य बर्षै पिच्छे तोक्दै आएको छ। मंसिरमा तोकिने गरेको भए पनि यो बर्ष भने पहिलो पटक धान लगाउनु अघि नै समर्थन मूल्य तोकेको हो। सरकारले धानको मूल्य तोक्दै आए पनि कृषक अत्यन्तै कम मुल्यमा बेच्न बाध्य रहेका छन् । कृषकले उत्पादन गरेको धानमा बिचौलियाको मनपरीले गर्दा कृषक व्यवपारीको अगाडी निरिह बनेका छन । इमाउन्टेन टिभीसँग कुरा गदै रूपन्देहीका कृषक इश्वरी भण्डारीले सरकार भन्दा पहिले व्यवपारी घरमा पुग्ने भएकाेले नबिक्ने डरले व्यापारीले भनेकै दरमा धान बेच्न बाध्य भएकाे बताउनु भयाे ।

अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको धानको नेपालमा वार्षिक ६९ लाख टन माग रहेको छ । माग अनुसारको उत्पादन गर्न नसक्दा परनिर्भर बन्नु परेको छ । दुख कष्ट गरेर कृषकले उत्पादन गरेको धानमा पनि व्यवपारीको मनोमानी छ। सरकारले तीे व्यवपारीलाई समेत कार्बाही गर्न सकेको छैन।

सरकारले यो बर्ष असारमै धानको समर्थन मूल्य तोक्यो। सरकारले मोटा प्रतिक्विन्टल २७ सय ३५ र मध्यम २८ सय ८५ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको भए पनि व्यवहारीक रुपमा कार्यान्वयन हुन सकेको छैन । कृषि मन्त्रालयका प्रवत्ता डा.हरि बहादुर केसीले सरकारले तोकेको मूल्यमै किसानले धान विक्री गरेको र कम मूल्यमा किसानले बेचेकाे खबर मन्त्रालय सम्म आइनपुगेको बताउनुभयाे ।

वर्षेनी विचौलियाबाट कृषक ठगिइरहँदा पनि सरकार भने बेखवर जस्तै बनेका छन् । तोकिएको मूल्य किसानले नपाए सरकारले आफैं खरीद गर्ने घाेषणा गरेकाे थियाे। कृषकले उत्पादन गरेको धानको बजारीकरणमा सरकारको पनि ध्यान जान जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);