खाद्य संस्थानले धानको कोटा निर्धारण गरेन, सस्तोमा धान बेच्न बाध्य किसान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

खाद्य संस्थानले धानको कोटा निर्धारण गरेन, सस्तोमा धान बेच्न बाध्य किसान

धनगढी। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धानको मूल्य निर्धारण नगर्दा पश्निम नेपालका किसानहरू सस्तो धान बेच्न बाध्य भएका छन् । कम्पनीले दुई वर्षदेखि किसानको धान खरिद गरेको छैन र मूल्य समेत निर्धारण नगर्दा यसकाे फाइदा व्यापारीहरूले लिइरहेका छन् । उनीहरूले किसानबाट सस्तोमा धान खरिद गर्ने गरेको किसानहरूकाे गुनासो छ । ‘दुई वर्षअघि कम्पनीले मोटो धानको मूल्य २७ रुपैयाँ किलाे निर्धारण गरेको थियो,’ धनगढी-१२ का किसान भवराज मिश्रले भने, त्यतिबेला व्यापारीले पनि राम्रै मूल्य दिएका थिए, गत वर्ष वर्षाले भिजेको भन्दै संस्थानले धान नै खरिद नगर्दा व्यापारीलाई सस्तोमा धान बेच्याैं, यस वर्ष पनि मूल्य तोकेको छैन।’धान बेचेर हिउँदे बाली लगाउन खर्चको जोहो गर्नु पर्ने भएका कारण व्यापारीलाई सस्तो मै भए पनि धान बेच्नु परेको उनले बताए । उनका अनुसार अहिले व्यापारीहरूले अहिले किसानबाट बढीमा २० रुपैंया किलाेका दरले धान खरिद गर्ने गरेका छन् । ‘धान बेचेर आएको पैसाबाट खेत जोत्ने र मलखाद किन्नु पर्छ,’ भजनी नगरपालिका–८ लालबोझिका दिनेश डगौराले भने, ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मूल्य तोक्ला भनि कुर्दा गहुँ छर्न ढिलो हुने भएपछि सस्तोमा बेचर हिउँदे बाली लगाउने तयारी गरेका छाैं । ’ कञ्चनपुर लालझाडी गाउँपालिका–१ का चुट्कन रानाका अनुसार किसानलाई अहिले धान बेच्न भ्याइनभ्याइ छ । तर, यस पटक तीन बर्षअघिको भन्दा पनि कम मूल्यमा धान बिक्री गरिरहेकाे उनी बताउँछन् ।’सरकारले मूल्य निर्धारण गरेपछि व्यापारीले मूल्य अझै बढाउने गर्थे,  उनले भने, ‘तर, यस पटक सरकार मौन बस्दा प्रत्यक्ष फाइदा व्यापारीहरूलाई भएको छ, गाउँका धेरै किसान कैलालीको धनगढी आएर निजी उद्योगी तथा व्यवसायीलाई धान बेचिरहेका छन् ।’ खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ०७७ सालमा धानको समर्थन मूल्य मोटो धान प्रति क्विन्टल दुई हजार सात सय ३५ र मध्यम धानको मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय ८५ तोकेको थियो । सो वर्ष कैलालीमा ६१ हजार मेट्रिक टन धान कम्पनीले खरिद गरेको थियो । गत वर्ष  मोटो धानको मूल्य दुई हजार सात सय ५० र मसिनो धानको मुल्य दुई हजार आठ सय निर्धारण गरिएकामा कार्तिकमा आएको बाढीका कारण धान बिग्रेको भन्दै  कम्पनीले धान नै खरिद गरेन । कम्पनीका धनगढी शाखा प्रमुख ईन्जिला बस्नेतले धानको समर्थन मूल्य निर्धारण गर्ने अधिकार केन्द्र मै रहेको बताइन् । ‘यस वर्ष अहिलेसम्म केन्द्रले समर्थन मूल्य तोकेर पठाएको छैन । न त कोटा निर्धारण गरेर पठाएको छ,’ उनले भनिन्, ‘केन्द्रको निर्णय नआएसम्म  हामी केही गर्न सक्दैनौं ।’ उनले मंसिर पहिलो सातासम्म केन्द्रले धानको समर्थन मूल्य निर्धारण गरी कैलालीका लागि कोटा निर्धारण गर्न सक्ने बताइन् ।

०७७ सालमा कैलालीका चार वटा स्थान (धनगढी, टिकापुर, जोशीपुर र भजनी) बाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);