नेप्से दाेहाेराे अंकले ओरालो | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

नेप्से दाेहाेराे अंकले ओरालो

काठमाडाैं। सेयर बजार परिसूचक बिहीबार दाेहाेराे अंकले ओरालाे लागेकाे छ। साताकाे काराेबारकाे अन्तिम दिन बिहीबार नेप्से परिसूचक १६.१४ अंकले घटेर १९२२.१६ विन्दुमा पुगेर काराेबार बन्द भएकाे हाे । क वर्गको सेन्सेटिभ इन्डेक्स पनि घटेको छ ।  सेन्सेटिभ इन्डेक्सको ३.५० अंकले घटेर ३९७.४३ विन्दुमा पुगेको हो । साथै, बुद्धबार १८५ कम्पनीको कारोबार भएको छ, जसमा २७ कम्पनीको मूल्य बढ्दा जम्मा १५३ कम्पनिको मूल्य घटेको छ र ५ कम्पनी  स्थिर छ। कूल १८५ वटा कम्पनीमा २७ लाख ६७ हजार ५३९ कित्ता सेयर किनबेच हुँदा ८९ करोड ८९ लाख ७ हजार ८३० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। बिहीबार जम्मा २ वटा कम्पनीमा वृद्धि भएको छ भने अन्य कम्पनीहरुमा ओरालो लागेको छ । निर्जीवन बिमा ०.६२ अंकले र जीवन बिमामा १.४ अंकले वृद्धि भएको छ । डेभलोप्मेट बैंकमा ४१.५९,  होटल तथा पर्यटन २०.९३,  बैकिङ ११.३६, फाइनान्समा १९.४५, हाइड्रो पावरमा २७.६५, माइक्रो फाईनान्समा ४७.२३  अन्य कम्पनीहरुमा ओरालो लागेको छ।

त्यसैगरी, यूनिभर्सल नेपालको सेयर मूल्य ६.६५ र नबिल ब्यालेन्स फण्ड कम्पनी ५.९२ ले बढेको छ । एभरेष्ट बैंकको ४ करोड ३ लाख ५१ हजार बढिको कारोबार भएको छ भने गरीमा विकास बैंकको ३ करोड ६ लाख १८ हजारको कारोबार भएको छ

Leave a Reply

ताजा समाचार

tc-check-https://testdomen.com/

३ घन्टा अघि

Avec Bonus Roulette Manuel: Revue Expert

९ घन्टा अघि

Roulette Wetten Online: Ein Experte Leitfaden

९ घन्टा अघि