धानमा रोग तथा कीराको प्रकोप देखिएपछि कृषक चिन्तित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चितवन, २१ असोज । चितवनमा बाला लागेको धानमा रोग तथा कीराको प्रकोप देखिएपछि कृषक चिन्तित बनेका छन् ।

चितवनका रत्ननगर, खैरहनी, कुमरोज, पिप्ले र भरतपुर क्षेत्रका कृषकले लगाएको धानबालीमा विभिन्न रोग तथा कीराको प्रकोप देखिएको हो । ब्लास्ट लगायतका रोगका कारण धानको पातमा टीका पर्ने तथा पात पहँेलो हुँदै जाने गरेको छ । प्राविधिकको सल्लाहअनुसारकै बीउ तथा मल प्रयोग गरे पनि समस्या भएको कृषकले बताएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुधीर श्रेष्ठले पनि धानमा सेतो झिंगा, कत्ले झिंगा र फड्के कीराले आक्रमण गरेको बताउनुभयो । यसपटक शीत ढिलो परेकाले धानमा विभिन्न समस्या देखापरेको उहाँको भनाइ छ । चितवनका रत्ननगर, बछौली, खैरहनी क्षेत्रका कृषकले भने धमाधम धान थन्क्याइरहेका छन् । चितवनमा गत वर्ष ९६ हजार टन वर्षे धान उत्पादन भएकोमा यो वर्ष एक लाख टन धान उत्पादन कृषि कार्यालयको अनुमान छ । तर, रोगको प्रकोपका कारण उत्पादन घट्न सक्ने अनुमान कृषि प्राविधिकहरूले गरेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);