कमसल बीउका कारण धान रोपेको एक महिनामै सुकेर पराल जस्तो देखिन थालेपछि (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कमसल बीउका कारण धान रोपेको एक महिनामै सुकेर पराल जस्तो देखिन थालेपछि (फोटो फिचर)

काभ्रे ।काभ्रेको पनौती नगरपालिकामा रोपेको धान धमाधम सुकेर पराल जस्तो देखिन थालेको छ । रोपाई गरेको एक महिना नपुग्दै धानमा देखिएको रोगका कारण धान पराल जस्तो देखिन थालेपछि कृषकहरुमा निरासा छाएको हो ।

धान सुकेर चिन्तित किसानहरु बजारका विभिन्न पसलबाट खरिद गरेको धानको विउमै समस्या भएका कारण धान रोपेको एक महिनामै रोग देखिन थालेको बताउँछन् । पनौती नगरपालिका वडा नं. २,३,५,७,९,१०,१२ मा धानमा खैरो फड्के किरा र सिड ब्लास्ट नामको रोग लागेर पनौती नगर भित्र करिब १४ सय रोपनीको धान खेत सुकेर पराल जस्तै देखेको छ ।

धानको बिउबाटै उक्त रोग देखिएको छ । किसानहरुले प्रशस्त उत्पादनको आशमा विभिन्न जातका प्याकेटको धान रोपे पछि यो रोग करिब १ महिनामा नै देखा परेको किसानहरु बताउँछन् । प्याकेटको धानमा देखा पर्दै आएको रोगको कारण स्थानीय खुम्लचार, टाइचिन, मन्सुली धानमा पनि रोग सर्दै गएको स्थानीय कृषक सुष्मा घिमिरेले बताईन् ।

कृषकहरुले धान डड्न थाले पछि विषादी प्रयोग गरे पनि काम नलागेको र एक महिना नपुग्दै डडेर खेत खाली हुन थालेको र आफ्नो ५ रोपनी खेतमा लगाएको धान पुरै सुकेर गएको कोपिला महत बताउँछिन् ।

लाईजस्तो उड्ने किरा धानको गाभामा बसिरहने गरेको र त्यसलाई हटाउन धान गोडे पनि सम्भव नभएको र धानको बोटमा बसेर किराले खाईरहेकाले विषादी प्रयोग गरे पनि काम नगरेको उनीहरुको गुनासो छ । आफूले उत्पादनमा वृद्धि हुने आशले विगत ४ वर्षदेखि विभिन्न जातका धानको बिउ रोपेकोमा यसपालीको धानको बिउमा रोग देखा परेको कृष्ण प्रसाद कोइराला बताउँछन् ।

कृषि तथा पशुपंक्षी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले पनौती नगर भित्र लगाईएको धानमा समस्या देखिएकाले विषादी वितरण गरी प्राविधिकहरु खटाई रहेको बताए । अधिकांश धानमा लाई जस्तो देखिने किरा, सेतो पुतली, अन्य आँखाले नदेखिने किराहरुले बोट खाने गरेकाले धान रोपाई गरेको एक महिना नपुग्दै डडेको जस्तो देखिएको बताए ।

पनौती नगरपालिकाले धानमा देखा परेको रोगको ल्याब परीक्षणका लागि प्राविधिक खटाई करिब १४ सय रोपनीका किसानहरुलाई बिषदी उलब्ध गराउँदै आएको छ । किसानहरुमा देखा परेको समस्यालाई नगरपालिकाले विगतका दिन देखि नै समाधान गर्दै आएको र यस वर्ष धानमा देखा परेको नयाँ रोगको लागि बजेट नभए पनि विभिन्न शिर्षकको बजेटमा किसानहरुको समस्या समाधान गरेको उपप्रमुख गिता बन्जारा बताउँछिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);