कृषि शाखाले वितरण गरेको धानको विउमा फल नलागेपछि कृषक आक्रोसित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

कृषि शाखाले वितरण गरेको धानको विउमा फल नलागेपछि कृषक आक्रोसित

dhan kheti

सुवास पौडेल
लमजुङ, २८ कात्तिक
। लमजुङ जिल्लाको राईनास नगरपालिकाको कृषि शाखाले वितरण गरेको धानको विउमा फल नलागेपछि नगरपालिकाका कृषकहरु आक्रोसित भएका छन् । हातका दश नङ्गा खियाएर उब्जाएको धानमा, भित्राउने बेला भुसमात्रै पाइएपछि अब कृषकहरु बर्षभरी कसरी छाक टार्ने होला भन्ने चिन्तामा समेत परेका छन् ।

नेपालीको मुख्य पेशा भनेकै कृषि हो । त्यसमा पनि धान खेतिलाई कृषकहरुले मुख्य खेतिको रुपमा लिने गर्दछन् । यहि धान खेतिका लागि कृषकहरु रात दिन घाम पानी नभनी ६ महिना खेतमा काम गरेर मंसिरमा धान भित्राउँछन् । र, वर्षभरी यहि खाएर कृषकहरुले जिविकोपार्जन गर्ने गर्दछन् । तर, रात दिन खेटेर उब्जाउ गरेको धान बालिमै फल नलागेपछि यतिबेला लमजुङ जिल्लाका राईनास नगरपालिकाका कृषक माथि बज्रपात आइपरेको छ ।

खुद नगरपालिकाको कृषि शाखालेनै वितरण गरेको सुबर्ण नामक धानमा फल नलागेपछि लमजुङका किसानहरु आक्रोसित बनेका छन् । राईनास नगरपालिकाको वडा–१ र २ का कृषकहरुले धान भित्राउने बेला आफ्नो खेतमा धानको पराल मात्र भएको पाएपछि उनीहरुले नगरपालिकाले परिक्षण नै नगरी गुणस्तरहिन विउँ दिएर आफुहरु माथि खेलवाड गरेकै भन्दै क्षतिपुर्तीको माग समेत गरेका छन् । साथै कृषकहरुले यस्ता कर्मचारीलाई कारबाही गर्न समेत माग गरेका छन् ।

दुई वटा वडामा गरी करिव ५१ जना किसानको ४ सय रोपनी क्षेत्रफलमा धान लगाएका थिए । राईनास नगरपालिकाको कृषि शाखाले वितरण गरेको विउमै धान भित्राउने बेला भुस मात्रै पाइए पछि नगरपालिका प्रति कृषकहरुको विश्वासनै टुटेको छ । किसानहरुलाई परेको मर्कामा आफु चिन्तित भएको र आवश्यक पहल गर्न तयार रहेको राईनास नगरपालिकाका नगर प्रमुख सिंहबहादुर थापाले बताए ।

फल नलागेपछि त्यहाँका किसानहरुले गण्डकी प्रदेशका कृषि, भुमि तथा सहकारी व्यवस्था मन्त्री तथा सांसद देवप्रसाद गुरुङलाई समेत ध्यानाकर्षण तथा क्षतिपुर्ति पाउनुपर्ने भन्दै माग पेश गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);