बुधबारबाट काठमाडौंमा हस्तकला मेला सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बुधबारबाट काठमाडौंमा हस्तकला मेला सुरु

काठमाडौं, २८ कात्तिक । काठमाडौंको भृकुटीमण्डपमा ‘हस्तकला व्यापार मेला’ सुरु भएको छ । १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता बुधबारबाट काठमाडौंमा सुरु भएको हो ।

मेलाको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको हस्तकला क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताए । त्यस अवसरमा उनले हस्तकला मेलाका लागि आवश्यक प्रर्दशनी स्थल निर्माण गर्ने घोषणा गरे ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले विश्वमा नेपालको परिचय दिलाउन सफल हस्तकला क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताइन् । नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन पनि हस्तकला क्षेत्रले उल्लेख्य योगदान दिएको उनको भनाई थियो ।

५ दिनसम्म चल्ने मेलामा करिव १ सय ७० वटा स्टल रहका छन् । मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटानसहितका अन्तर्राष्ट्रिय व्यापारीहरुको करिव २० वटा स्टल पनि रहेको मेला आयोजक समितिका संयोजक हेमरत्न शाक्यले जानकारी दिए ।

मेलामा उत्कृष्ट हुने स्टकलाई ५० हजार नगदसहित पुरस्कारको व्यवस्था पनि गरिएको छ । काष्ठकला, सुनचाँदी, ऊनी तथा सुती र ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, बास र जडिबुटीका सामग्रीहरु मेलामा मुख्य आकर्षणमा रुपमा राखिएका छन् ।

मेलामा करिव १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । नेपालको हस्तकला सामग्रीको विश्व बजारमा उच्च माग रहँदै आएको छ । नेपाली हस्तकलाको आन्तरिक बजारमा वार्षिक १० अरव बराबरको खरिद विक्री हुने गरेको छ भने त्यसै अनुपातमा अन्तर्राष्ट्रिय बजारमा पनि निर्यात् हुने गरेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);