१७ औं हस्तकला व्यापार मेला सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

१७ औं हस्तकला व्यापार मेला सुरु

hastakala mela

काठमाडौं, १२ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिता सुरु भएको छ । नेपाल हस्तकला महासंघले नेपाली हस्तकलाको बजार प्रवर्धन गर्ने उद्देश्यले बिहिबारदेखि मेलाको आयोजना गरेको जनाएको छ ।

महासंघका निवर्तमान अध्यक्ष तथा मेला संयोजक धर्मराज शाक्यले मेलामा नेपाली र विदेशी हस्तकलासँग सम्बन्धित व्यवसायीहरुको सहभागिता रहेको जानकारी दिनुभयो । मेलामा धातुकला, सुनचाँदी, सुती तथा ढाकाका सामान, पश्मिना, छालाजन्य उत्पादन, प्राकृतिक रेसा र वाँसबाट बनेका सामानहरु राखिएको छ ।

मेलामा भारत, श्रीलंका, बंगलादेश लगायतका मुलुकका व्यापारीहरुको २० वटा सहित करिब २ सय वटा स्टल छन् । हस्तकला कलाकार तथा कालिगढहरुबीचको प्रतिस्पर्धाबाट उत्कृष्ट हुनेलाई पुरस्कृत समेत गरिने नेपाल हस्तकला महासंघले जनाएको छ ।

मेला यहि मंसिर १६ गतेसम्म संचालन हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);