पाँचदिने हस्तकला व्यापार मेला तथा प्रतियोगिता हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पाँचदिने हस्तकला व्यापार मेला तथा प्रतियोगिता हुँदै

HASTAKALA

काठमाडौं, २२ कात्तिक । स्वदेशी हस्तकला सामग्रीको प्रवर्द्धन गर्ने उद्देश्यले आउँदो मंसिर १२ गतेदेखि हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता हुने भएको छ । नेपाल हस्तकला महासंघका अनुसार पाँचदिने हस्तकला मेलामा भारत, चीन, अमेरिका, जापानलगायत देशकोसमेत सहभागिता रहने छ ।

नेपाली उद्यमी–व्यवसायी, निर्यातकर्ता र आयातकर्ताबीच व्यावसायिक सम्बन्ध विकास गर्न मेलाले सहयोग पुर्याउने महासंघले जनाएको छ । मेलामा स्वदेशी उत्पादन धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्चिमलगायतका सामग्री प्रदर्शनीमा राखिने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);