उद्योगपति व्यवसायी रुप ज्योति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

उद्योगपति व्यवसायी रुप ज्योति पक्राउ

RupJyoti

काठमाडौं, २२ कात्तिक । उद्योगपति व्यवसायी रुप ज्योति पक्राउ परेका छन् । पूर्व अर्थसहायक मन्त्रीसमेत रहेका ज्योति ठगी आरोपमा बिहीबार साँझ पक्राउ परेका हुन् ।

उनलाई महानगरी प्रहरी परिसरको टोलीले त्रिभूवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । देश बाहिर रहेका उनी बिहीबार नेपाल फर्कने सूचना पाएको प्रहरीले त्रिभुवन विमानस्थनबाटै पक्राउ गरेको हो । हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी गरेको आरोपको मुद्दामा रूप ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिरमा अनुमति दिएको थियो । त्यसविरुद्ध उनले मंसिर २४ गते सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए ।

त्यसको २ वर्षपछि मंगलबार सर्वोच्चले रुप ज्योतिको विपक्षमा फैसला सुनाएको थियो । सर्वोच्चको फैसलासँगै प्रहरीलाई रुप ज्योति पक्राउ गर्न बाटो खुलेको थियो यससँगै रूप ज्योतिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउनु भन्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);