रुप ज्योतिविरुद्धको प्रतिवेदन प्रहरीलाई फिर्ता | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

रुप ज्योतिविरुद्धको प्रतिवेदन प्रहरीलाई फिर्ता

RupJyoti

काठमाडौं, २९ कात्तिक । ठगी मुद्दामा पक्राउ परेका व्यवसायी डा. रुप ज्योति र उनकी छोरी सुरुचिविरुद्ध तयार पारी पेस भएको अनुसन्धान प्रतिवेदन सच्याउन जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीलाई फिर्ता पठाएको छ।

ठगी मुद्दामा अनुसन्धानमा जुटेका काठमाडौं प्रहरी परिसरले बुधबार कार्यालयमा बुझाएको अन्तिम प्रतिवेदनमा आधारभूत पक्ष नै उल्लेख गर्न छुटेको भन्दै सच्याई पेस गर्न बिहीबार फिर्ता पठाएको हो।

पीडित भनिएका वीजेन्द्रकृष्ण मल्लले आफूले रकम फिर्ता पाउने सर्तमा मिल्न तयार भएको बताउँदै सरकारी वकिल कार्यालयमा बिहीबारै निवेदन दिनुभएको छ। सरकारी वकिल कार्यालयले मल्लको निवेदनसमेत प्रहरीको अनुसन्धान फाइलसँगै फिर्ता पठाएको छ। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

ताजा समाचार