शरणार्थी प्रकरणको अनुसन्धान प्रहरीले टुंग्यायो,आजै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुुझाइदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

शरणार्थी प्रकरणको अनुसन्धान प्रहरीले टुंग्यायो,आजै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुुझाइदैं

काठमाडौं, ७ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको विरुद्धको प्रहरी अनुसन्धान टुंगिएको छ । सरकारी वकिल कार्यालय काठमाडौंमा प्रहरीले आजै(आइतवार) अनुसन्धान प्रतिवेदन बुझाउँदैछ ।

सो प्रतिवेदन प्रहरीले झण्डै २ महिना लगाएर तयार पारेको हो ।

नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पीडितहरूको उजुरीका आधारमा चैत १२ गतेदेखि सुरु गरेको थियो । अनुसन्धानमा देखिएका कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यो प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, तत्कालीन गृहसचिवसहित १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो ।

 

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);