शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइदैं प्रहरी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइदैं प्रहरी

काठमाडौं, ८ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको विरुद्धको प्रहरीले अनुसन्धान टुंगाएर आज सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउँदैछ । जिल्ला प्रहरी परिसर काठमाडौंले कानुनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

नेपाली नागरिकलाई अमेरिका पठाइदिने भन्दै करोडौं ठग्ने गिरोहमा ३२ जना सम्लग्न रहेको प्रहरीको निष्कर्ष छ । सो प्रकरणमा १६ जना हालसम्म पक्राउ परिसकेका छन् । तीमध्ये जिल्ला प्रहरी परिसर काठमाडौं र मातहतका इकाइको हिरासतमा छन् ।
सो प्रतिवेदन प्रहरीले झण्डै २ महिना लगाएर तयार पारेको हो । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पीडितहरूको उजुरीका आधारमा चैत १२ गतेदेखि सुरु गरेको थियो । अनुसन्धानमा देखिएका कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यो प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, तत्कालीन गृहसचिवसहित १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);