शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्ध आजै अभियोजन दर्ता होला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्ध आजै अभियोजन दर्ता होला ?

काठमाडौँ, १० जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुविरुद्ध आज अदालतमा अभियोजन दर्ता हुने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले प्रहरीले दिएको सुझावमाथि केही परिवर्तन गरेर अभियोजन दर्ता गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनका लागि गठित आठ सदस्यीय समितिले अभियोजन पत्र तयार गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामाथिको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको हो । सो प्रकरणमा पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ परेका छन् । अरू थप १७ जनालाई प्रतिवादी भनाएर मुद्दा चलाउने सुझाव प्रहरीले दिएको छ ।

तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, खाणका स्वकीय नरेन्द्र केसीलगायत हाइप्रोफाइललाई शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ सकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);