सरकारी वकिललाई बुझाएको प्रहरीको प्रतिवेदनमा के छ ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकारी वकिललाई बुझाएको प्रहरीको प्रतिवेदनमा के छ ?

काठमाडौं, ९ जेठ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सोमबार सरकारी वकिलको कार्यालयमा बुझायो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेका ३३ जना प्रतिवादीमाथि साढे २० वर्षको कैद सजाय र २७ करोडको विगो मागदाबी हुने प्रहरीको निष्कर्ष छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धानपछि सोमबार शरणार्थी बनाउने प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३३ जनालाई राज्यविरुद्धको, ठगी र संगठित अपराध र कीर्ते गरी चार प्रकारका मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको हो । अनुसन्धान प्रतिवेदनमा आरोपीहरुमाथि जनही साढे २० वर्षको कैद सजाय हुनेगरी मागदाबी लिएर अदालतमा मुद्दा दायर हुनुपर्ने राय दिइएको हो । ३३ जनालाई प्रतिवादी बनाइनुपर्ने रायसहितको प्रतिवेदनमा आरोपीहरुविरुद्ध छुट्टाछुट्टै चार वटा मुद्दा लगाउनुपर्ने उल्लेख छ । जसमा ठगी, राष्ट्रहित प्रतिकुलको कसुर, कीर्ते र संगठित अपराको मुद्दा चलाउन प्रहरीले राय दिएको हो । ठगी, कीर्ते र राष्ट्रहित प्रतिकुलको कसूरमा अलग अलग सजाय गर्दा जम्मा १९ वर्ष सजाय हुने र संगठित अपराध बापत थप ५० प्रतिशत सजाय हुँदा अधिकतम सजाय गरेको अवस्थामा साढे २८ वर्ष सजाय हुने देखिएको प्रहरीले बुझाएको रायमा उल्लेख छ । तर, एकीकृत कसूरवापत थप सजाय गर्दा सबैभन्दा बढी सजाय हुने ठगीमा ७ वर्ष, त्यसपछि कीर्तेमा आधा साढे तीन वर्ष, राष्ट्रहित प्रतिकुलको कसूरमा साढे दुई बर्ष गरी जम्मा १३ वर्ष हुने देखिन्छ । यसरी हेर्दा संगठित अपराध बापत थप ५० प्रतिशत हुँदा साढे २० वर्ष सजाय मात्र हुने प्रहरीको भनाइ छ । ३२ मध्ये १६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने बाँकी १६ जना अहिले फरार छन् । जिल्ला सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता अच्युतमणि नेउपानेले प्रहरीले बुझाएको प्रतिवेदनको विश्लेषण र प्रमाणको अध्ययन गरेर अभियोग पत्र तयार गर्ने जानकारी दिनुभयो । प्रतिवेदन अध्ययन सकेर बुधवारसम्म जिल्ला अदालतमा अभियोग पत्र दायर गरिसक्ने नेउपानेको भनाइ छ ।

प्रहरीले यो मुद्दामा साढे २७ करोड बराबरको बिगो कायम हुने निष्कर्ष निकालेको छ । १ सय १३ जनाले दिएको २३ वटा जाहेरीको आधारमा यो रकम बराबरको बिगो कायम हुने प्रहरीको अनुसन्धान प्रतिवेदनमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);