शरणार्थी प्रकरणमा पक्राउ परेका १४ आरोपितलाई कुन–कुन मुद्दा लाग्ला ? | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

शरणार्थी प्रकरणमा पक्राउ परेका १४ आरोपितलाई कुन–कुन मुद्दा लाग्ला ?

काठमाडौं, ३ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ आरोपितहरुले चार अभियोग खेप्नुपर्ने भएको छ । सो प्रकरणमा तानिएका पुर्वगृहमन्त्री,उपप्रधानमन्त्रीसहित १४ जनालाई ठगीसहित अन्य ३ वटा अभियोगमा मुद्दा दायर हुने भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुविरुद्ध राष्ट्रहित प्रतिकुल गरेको,ठगी, किर्ते र संगठित अपराध गरी चार अभियोग लगाउने गरी प्रतिवेदन पेस गर्दैछ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमालेका सचिव टोपबहादुर रायमाझी,बहालवाला सचिव टेकनारायण पाण्डेसहित १४ जना प्रहरीको हिरासतमा छन् । पक्राउ परेको सबैलाई राष्ट्रहित प्रतिकुल काम गरेको र ठगीको अभियोग लाग्ने सम्भावना बढी छ भने किर्ते अभियोगको अनुसन्धान भने केही सिमित व्यक्ति र कर्मचारीहरुमात्रै गरिने बुझिएको छ ।

त्यसो त नक्कली भुटानी शरणार्थी बन्न पैसा बुझाउनेहरूले नेपालको संविधानको मात्र नभई मुलुकी अपराध संहिताको समेत उल्लंघन गरेको भन्दै उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग उठेको छ । नेपालको मुलुकी अपराध संहिता २०७४ को दफा ८४ मा कुनै पनि सरकारी कामका लागि झुटा जानकारी दिन नहुने उल्लेख गरिएको छ । नक्कली भुटानी शरणार्थी भएर जान खोज्नेहरूले सरकारी कागजात कीर्तेमा संलग्न रहेकाले कानुनी व्यवस्थाअनुसार उनीहरूमाथि १ वर्षसम्म कैद र १० हजार रुपियाँसम्म जरिवाना हुन सक्ने देखिएको छ ।

सोही संहिताको दफा ९१ मा झुटा प्रमाण जानीजानी प्रयोग गर्न वा गराउनु नहुने, त्यस्तो कार्यमा संलग्न भए ३ वर्षसम्मको जेल सजाय र ३० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था पनि छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);