शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जना थप ३ दिन हिरासतमा रहने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जना थप ३ दिन हिरासतमा रहने

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा मुछिएका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

सो प्रकरणमा तानिएका पुर्वगृहमन्त्री,उपप्रधानमन्त्रीसहित १४ जनालाई ठगीसहित अन्य ३ वटा अभियोगमा मुद्दा दायर हुने भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुविरुद्ध राष्ट्रहित प्रतिकुल गरेको,ठगी, किर्ते र संगठित अपराध गरी चार अभियोग लगाउने गरी प्रतिवेदन पेस गर्दैछ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमालेका सचिव टोपबहादुर रायमाझी,बहालवाला सचिव टेकनारायण पाण्डेसहित १४ जना प्रहरीको हिरासतमा छन् । पक्राउ परेको सबैलाई राष्ट्रहित प्रतिकुल काम गरेको र ठगीको अभियोग लाग्ने सम्भावना बढी छ भने किर्ते अभियोगको अनुसन्धान भने केही सिमित व्यक्ति र कर्मचारीहरुमात्रै गरिने बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);