बास्तोलाको मृत्यु प्रकरणमा फरार रहेका दुई प्रतिवादी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

साउन २९ २०८३, शनिबार

बास्तोलाको मृत्यु प्रकरणमा फरार रहेका दुई प्रतिवादी पक्राउ

pakrau

काठमाडौं, २२ फागुन। मोरङ उर्लाबारी–५ का ३१ वर्षीय प्रविण बास्तोलाको मृत्यु प्रकरणमा फरार रहेका थप दुई प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी–६ का राजेश रणपहेली र झापाको गौरादह नगरपालिका–का ३१ वर्षीय दीपेश पौडेल रहेको प्रहरीले जनाएको छ ।

प्रतिवादी दुवै जनालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो । पक्राउ परेकामध्ये राजेशलाई प्रहरीले आइतबार जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीले जनाएको छ । बास्तोला हत्या प्रकरणमा ६ जना प्रतिवादीमध्ये प्रहरीले ४ जनालाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइसकेको छ ।

उर्लाबारी–६ का मेहरमान दर्जी, १९ वर्षीय सुदिप परियार, रमेश गिरी र कुमारमध्ये दर्जी र परियारलाई जिल्ला अदालत मोरङको आदेशमा पुर्पक्षका लागि थुनामा मोरङ कारागारमा राखिएको छ भने कुमार राईलाई ३ लाख धरौटीमा र गिरीलाई १ लाख धरौटीमा छाडेको छ । बास्तोला मृत्यु प्रकरणमा ६जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

Leave a Reply

ताजा समाचार