स्याङ्जा र तनहुँ प्रहरीले विभिन्न स्थानबाट ७३ फरार प्रतिवादीहरू पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

स्याङ्जा र तनहुँ प्रहरीले विभिन्न स्थानबाट ७३ फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं, ५ असोज । जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरीले कर्तव्यज्यान, हाडनाता करणी, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा, सम्बन्धविच्छेद, कुटपिट लुटपाटलगायतका विभिन्न मुद्दामा फरार रहेका ४८ जना प्रतिवादीहरूलाई विभिन्न स्थानहरूबाट पक्राउ गरेको छ ।

साथै, जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्वारा संचालित फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत विगत एक महिनामा विभिन्न मुद्दाका ८३ जना फरार प्रतिवादीहरू पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा पेस गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २५ जना प्रतिवादीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको छ । सबै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);