कैलालीमा एकै दिन सात प्रतिवादी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कैलालीमा एकै दिन सात प्रतिवादी पक्राउ

काठमाडौं । कैलाली प्रहरीले एकै दिन विभिन्न मुद्दाका सातजना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । बलात्कार, लागुऔषध, वन मुद्दाका फरार प्रतिवादीलाई आइतबार विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरहेको हो ।

पक्राउ पर्नेमा कैलारी गाउँपालिका–१ का विनोद चौधरी छन् । कैलाली जिल्ला अदालतले चौधरीविरुद्ध बलात्कार मुद्दामा तीन वर्ष ११ महिना पाँच दिन कैद सजाय तोकेको थियो । चौधरी २० भदौ २०७५ देखि फरार थिए । पक्राउ पर्ने अर्का बर्दगोरिया गाउँपालिका–६ का २२ वर्षीय अशोक चौधरी छन् ।

उनीविरुद्ध पनि कैलाली जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला सुनाएको थियो । चौधरी २१ असार २०७२ देखि फरार  थिए । यस्तै आगुऔषध मुद्दामा जिल्ला अदालतबाट ५०० रुपैयाँ जरिमानाको फैसला सुनाइएका धनगढी उप–महानगरपालिका–१ का शत्रुजित जोशीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी १२ बैशाख २०६६ देखि फरार थिए ।

पक्राउ परेका सबैलाई प्रहरीले जिल्ला अदालतमा पेस गरेको प्रहरी नाउव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।  अन्य पक्राउ पर्नेमा वन मुद्दाका फरार प्रतिवादीहरू धनगढी उप–महानगरपालिका १७ का १८ वर्षीय अमन चौधरी, २९ वर्षीय कृष्ण राना, १८ वर्षीय अभिषेक चौधरी र ३० वर्षीय बब्लु राना छन् ।

उनीहरूले गत ८ साउनमा गौरीगंगा नगरपालिका–६ मा बिना इजाजत वन पैदावार ओसार पसार गरेको अभियोगमा डिभिजन वन कार्यालय कैलालीले मुद्दा दायर गरेको थियो । उनीहरू सबैलाई प्रहरीले आवश्यक कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);