वैदेशिक रोजगार कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

वैदेशिक रोजगार कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ 

काठमाडौं। वैदेशिक रोजगार कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–८ बस्ने ४६ वर्षीय श्रीकृष्ण घिसिङ्ग तामाङ् छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । वैदेशिक रोजगार संचालन गर्ने अनुमति नै नपाएका घिसिङ्गले आकर्षक रोजगारका लागि राम्रो पारिश्रमिकमा इजरायल, जापान लगायतका मुलुकहरूमा पठाईदिने झुट्टा आश्वासन देखाई ठगी गरेका थिए । पीडितहरूलाई विभिन्न मितिमा ठगी गरेको वैदेशिक रोजगार कसूरका ३ थान मुद्दामा सर्वोच्च अदालतले उनलाई २०७७ चैत १७ गते ६ वर्ष कैद र ६ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो ।  उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको कलंकीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);