बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ   | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ  

काठमाडौं। बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत घर भई काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने ३५ वर्षीय ईन्द्र बहादुर कुवँर छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७९ वैशाख २ गते उनलाई बैंकिङ् कसूरा तीन थान मुद्दामा २५ दिन कैद र ६१ लाख ५४ हजार ८७५ रूपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो । कुँवरले बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारेका थिए ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा पठाइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);