दुबई पठाइदिन्छु भनि ठगी, एक जना पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दुबई पठाइदिन्छु भनि ठगी, एक जना पक्राउ 

काठमाडौं। दुबई पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने धादिङ धुनिबेँसी गाउँपालिका–९ घर भएका २७ वर्षीय विकास थापा रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।दुबई जानका लागि प्रतिव्यक्ति ६ लाख रूपैयाँ लाग्ने र उता मासिक एक लाख रूपैयाँ भन्दा बढी तलबमा प्रतिष्ठित होटलमा बाउन्सर र सेक्युरिटी गार्डको काममा लगाईदिने प्रलोभन देखाई दुई जना पीडितबाट उनले ११ लाख रूपैयाँ लिएको प्रहरीले जनाएको छ । रकम लिएपछि सम्पर्क विहिन भएका उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट भएको पत्राचारको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३ वसुन्धाराबाट उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);