कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै लाखौं ठगी  | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८३, शनिबार

कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै लाखौं ठगी 

money
काठमाडौं,५ भदौ । कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर बस्ने ३७ वर्षीय प्रकाश बोहरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
वैदेशिक रोजगारका लागि कुक आइसल्याण्ड जानको लागि ८ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि सेक्युरेटी गार्ड र स्टोरकिपरमा मासिक १ लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी २ जना पीडितहरुबाट पटकपटक गरी ४ लाख रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–३१ मिनभवनबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाएको  जनाएको छ ।

Leave a Reply