समीक्षा गुरुङ मृत्यु प्रकरणमा उनका पूर्व प्रेमी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

समीक्षा गुरुङ मृत्यु प्रकरणमा उनका पूर्व प्रेमी पक्राउ

बुटवल । असार २५ गते शनिबार गोल पार्कमा रहेको होटल पाल्पालीमा झुण्डिएको अवस्थामा फेला परेकी समीक्षा गुरुङ प्रकरणमा उनका पूर्व प्रेमी पक्राउ परेका छन् । वुटवल उपमहानगरपालिका–३ बस्ने गुरुङका पूर्व प्रेमी २० बर्षीय असीम श्रेष्ठ होटलमा संगै बसेको खुल्न आएकोले उनलाई पक्राउगरीएको प्रहरीले जनाएको छ ।

शुक्रवार राती होटलमा बस्न गएका दुईजना मध्ये शनिवार बिहान बिल तिरेर निस्किने श्रेष्ठ रहेको प्रहरीको अनुसन्धानका क्रममा खुल्न आएको छ । श्रेष्ठ विल तिरेर निस्किएका थिए भने गुरुङ भने होटलको रुम नम्बर १०५ मा झुन्डिएको अवस्था भेटिएकी थिइन् । बुटवलमा घर भए पनि एसइईपछि स्टाफ नर्सका पढ्ने तयारीको लागि काठमाडौँ बस्ने समीक्षा असार २३ गते बुटवल आइएकी थिइन् । बुटवलको अमरपथमा पसल गर्ने असीम श्रेष्ठसँग उनको पुरानो सम्बन्ध थियो ।

पछिल्लो समय सम्बन्धमा खटपट आएपछि कुनै फोन, सामाजिक सञ्जालमा सम्पर्क भएको थिइनन् । तर जब असार २४ गते समीक्षाले कल गरिन् अनि भेटघाट गर्ने योजना बन्यो । अमर पथको पसल बन्द गरेर श्रेष्ठ गोलपार्कमा रहेको होटल पाल्पालीमा पुगे । त्यो भन्दा आधा घण्टा अगाडि नै गुरुङ भने होटलमा पुगेर दाइ आउँदै हुनहुन्छ भन्दै रुम बुक गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);