पर्साबाट ३९ जना फरार अभियुक्त पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

पर्साबाट ३९ जना फरार अभियुक्त पक्राउ

ISSUES-CRIME

वीरगञ्ज,१२ पुस । पर्सा प्रहरीले विभिन्न अपराधमा दोषी भई फरार रहेका ३९ अभियुक्तलाई पक्राउ गरेको छ । फरार अपराधी र अभियुक्त पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको अभियानको क्रममा उनीहरु पक्राउ गरेका हुन् ।

असोज १८ गतेबाट सञ्चालन गरिएको अभियानका क्रममा पर्सा जिल्लाको विभिन्न स्थानबाट विभिन्न अपराधमा दोषी ठहर भएका वा आरोप लागेका कारण फरार रहेका ३९ जना फरार प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए ।

 

अपराधी दायित्वबाट उन्मुक्ती पाउन स्थान परिवर्तन गर्दै लुकिछिपी बस्दै आएका उनीहरुलाई खोजतलास गर्दै जाँदा फेला पारिएको र आवश्यक कारबाहीका लागि पठाइएको उनको भनाइ छ ।

सोही क्रममा प्रहरीले सोमबार डाँका, मानव बेचबिखन तथा कर्तव्य ज्यान मुद्दामा फरार रहेका पर्साको साविकको मसिहानी गाविस ४ बस्ने ३६ वर्षीय माति महतो कंकरलाई पक्राउ गरेको छ । आफ्नै घरमा लुकिछिपी बसेको अवश्थामा कंकरलाई फेला पारेर जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर आवश्यक अनुसन्धान गरिरहेके प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);