बाँस्तोलाको हत्या आरोपमा थप एकजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

बाँस्तोलाको हत्या आरोपमा थप एकजना पक्राउ

मोरङ, १७ फागुन । मोरङको उर्लाबारी नगरपालिकाका प्रविण बाँस्तोलाको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले थप एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले घरधनी रमेश गिरीलाई उर्लाबारीबाट आइतबार पक्राउ गरेको जनाएको भछ ।

आरोपी गिरीलाई सोमबार मोरङ अदालत उपस्थित गराउने पनि प्रहरीले जानकारी दिएको छ । गएको पुस ५ गते उर्लाबारी नगरपालिका–६ का रमेश गिरीको घरमा डेरा लिएर बसेका साथीको कोठामा सुतेकै रात प्रविणको मृत्यु भएको थियो।

प्रविणको परिवार तथा आफन्तले उनको मृत्यु नभई हत्या भएको दावी गर्दै अपराधीलाई कानुनी दायरामा ल्याउन माग गर्दै विभिन्न आन्दोलनहरु गर्दै आईरहेका छन् । आन्दोलनको दवावपछि प्रहरीले कर्तव्य ज्यान कसुर अनुसन्धान थालेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);