साेमबारदेखि यस वर्षको जाडोयाम समाप्त भई प्री–मनसुन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

साेमबारदेखि यस वर्षको जाडोयाम समाप्त भई प्री–मनसुन सुरु

काठमाडाैं, १७ फागुन । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्री–मनसुन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार बुलेटिन निकालेर आज मार्च १ देखि यस वर्षको जाडोयाम अन्त्य भई प्री–मनसुन ‘सिजन’ सुरु भएको जनाएको हो ।

अंग्रेजी महिना मार्चदेखि सुरु हुने प्री–मनसुन मे महिनासम्म चल्ने गर्छ । यो समयमा अपराह्न तथा साँझतिर मेघ गर्जन–चट्याङका साथै हावाहुरी र असिना–पानीको सम्भावना रहन्छ । विभागले मेघ गर्जन–चट्याङ, हावाहुरी र असिना–पानीबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

मार्च, अप्रिल र मेसम्म तीन महिना प्री–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ । जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्री–मनसुन समय सुरु भएको बताइएको छ ।

पहाडी भेगमा प्री–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);