खाल्डोको पानीमा डुबेर बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

खाल्डोको पानीमा डुबेर बालिकाको मृत्यु

राजिव शाह
सर्लाही ,१७
फाल्गुन । सर्लसहीको इश्वरपुरमा खाल्डोमा जम्मा भएको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ। जिल्लाको इश्वरपुर नपालिका वडा न.५ फुलजोर बस्ने रमेश मोक्तानकी १८ महिनाकी छोरी अनिषा मोक्तानको आइतवार खाल्डोको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दिउँसो आफ्नै घर नजिकै रहेको पानी फ्याक्ट्रीको दक्षिण पट्टीको पानी जमेको खाल्डोको डिलमा खेल्ने क्रममा अचानक लडेर पानी खाइ बेहोस भएकी बालिकालाई उपचारको लागी स्थानीय त्रिदेव मेडिकलमा लगिएकोमा उपचारको क्रममा दिउँसो उनको मृत्यु भएको प्रवक्ता कुवँरले जनाएको छ।

बालिकाको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमर्टम गरि निजको बुबालाई बुझाएको प्रहरीले बताएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);