बुढीगंगा नदीमा डुबेर एक बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

बुढीगंगा नदीमा डुबेर एक बालिकाको मृत्यु

woman dead

मदन विक
बाजुरा २० चैत्र । जिल्लाको बुढीगंगा नगरपालिका स्थित बुढीगंगा नदीमा डुवेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका १ अम्कोट घर भएका करण नेपालीकी ८ वर्षिया छोरी विनिता नेपाली रहेकी छन् ।

बिहिबार दिउसो गाइवस्तु चराउन गएको बेला बुढीगंगा नदीमा पानी खाने बेला चिप्लिएर पानीमा डुवेर मृत्यु भएको स्थानीय पुष्पा पाध्यायले जानकारी बताएकि छन् ।

करिब दिउँसो २ बजेको समयमा नदीमा डुबेर मृत्यु भएकी बालिकाको शव साँझ ५ बजेतिर पैमाको पहिरोले ताल पारेको द्धावारीमा भेटिएको हो । शवको आफन्तका जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);