चारसय बेडको क्वारेन्टाईन रित्तै, भारतबाट फर्किएका नेपालीलाई विद्यालयमा थन्क्याईयो | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८३, शनिबार

चारसय बेडको क्वारेन्टाईन रित्तै, भारतबाट फर्किएका नेपालीलाई विद्यालयमा थन्क्याईयो

school ma basna badhya

कञ्चनपुर, २० चैत्र । विश्वभरी कोरना भाईरस कोडिभ १९ संक्रमणको त्रास छ । संक्रमित मुलुकले कोरनाबाट बाँच्नका लागि विभिन्न उपाया अपनाईएको छ । छिमेकी मुलुक भारतमा समेत कोरनाको संक्रमण बढ्न थालेपछि भारत र नेपालमा लामो अवधिका लागि लकडाउन गरिएको छ ।

भारतमा लकडाउन भएपनि विभिन्न अवरोध छिचोल्न ज्यान जोगाउन नेपाली नागरिक घर फर्किन लागेका छन् । दुवै देशका लकडाउन भएपनि भारतका विभिन्न स्थानबाट धमाधम नेपाली घर फर्किरहेका छन् । तर घर फर्किएका नेपालीलाई सीमा क्षेत्रमा अवरोध गरिएको छ । उनीहरुलाई नेपाल प्रवेश र प्रवेश गरेकालाई घर जान दिएको छैन् । घर जान नदिएपनि उनीहरुलाई सुरक्षित क्वारेन्टाईनमा राखिएको छैन् ।

अझै भारतको बनबासा र टनकपुर क्षेत्र गरि १ सय २६ जना नेपाली अलपत्र परेका छन् । उनीहरुलाई भारतले विद्यालयमा थन्क्याएको छ । तर, भारतबाट नेपाल प्रवेस गरेका नेपाली मातृभूमिमा प्रवेस गर्दा पनि सुरक्षित राखिएको छैन् । कञ्चनपुरमा ४सयको हाराहारीमा क्वारेन्टाईन बेड निर्माण गरिएका छन् । तर, भारतबाट विभिन्न नाका हुँदै नेपाल प्रवेस गरेका उनीहरुलाई क्वारेन्टाईनमा राखिएको छैन् ।

कञ्चनपुरमा ९ स्थानीय तह र दुई वडाले गरि चारसय क्वारेन्टाईन बेड निर्माण गरेका छन् । भीमदत्त नगरपालिका २ ले २० र शुक्लाफाँटा नगरपालिका १ नम्बर वडाले आफ्नै पहलमा २० बेड निर्माण गरेका छन् । कञ्चनपुरमा निर्माण भएका क्वारेन्टाईनमा अहिलेसम्म ४० जना मात्रै बसेका छन् । बाँकी साढेतीन सयको बेड रित्तै भएपनि भारतबाट फर्किएका ७२ जना मजदुरलाई भने एक सामुदायिक विद्यालयमा थन्क्यिाएको छ ।

मंगलबार भीमदत्त नगरपालिका ९ ब्रम्हदेबदेखि ल्याएका १८ र महाकाली नगरपालिका १ बैलबन्दबाट ल्याएका ५० जना सहित बुधबार थपिएका ७जनालाई बैजनाथ माध्यामिक विद्यालयमा राखिएकोछ । दुई रातदेखि उनीहरु बैजनाथ माध्यामिक विद्यालयमा सकसका विच राखिएका छन् । भारतका विभिन्न स्थानबाट पैदलै तीनदिन अघि स्वदेशभूमिमा पुगेका उनीहरुलाई क्वारेन्टाईनको साटो विद्यालयमा राखिएपछि उनीहरु बेच्नमा सुत्न बाध्य भएका छन् ।

बैजनाथ माध्यामिक विद्यालयदेखि भीमदत्त नगरपालिकाले आईसिएच भवनमा सय बेडको क्वारेन्टाईन निर्माण गरेको छ, तर त्यो क्वारेन्टाईमा ति नेपालीहरुलाई राखिएको छैन् । बैजनाथ माध्यामिक विद्यालयमा दुईदिनदेखि बस्नै आएका नेपालीहरुले के जेलमा राख्न खोजेको भन्दै आक्र्रोस पोखेका छन् । उनीहरुले कि घर सेल्फ क्वारेन्टाईनमा बस्छौँ, कि राम्रो निर्माण गरेको क्वारेन्टाईमा राख्न माग अघि सारेका छन् ।

भारतबाट आएका नागरिकलाई एकै ठाँउमा यसरी राखिएपछि उनीहरुविचमै संक्रमण बढ्ने भएकाले समाजिक दुरी कायम गर्दै उनीहरुलाई सुरक्षित क्वारेन्टाईनमा राखिनुपर्ने आफन्तले माग गरिरहेका छन् ।