लकडाउनको दशौं दिन, यस्तो छ देशभरको अवस्था | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

लकडाउनको दशौं दिन, यस्तो छ देशभरको अवस्था

lockdown new

काठमाडौं, २० चैत । लकडाउनको दशौं दिन आजपनि काठमाण्डौ लगायत देशैभरका शहर बजार सुनसान रहेका छन् । बिश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले यही चैत २५ गते मध्यरातसम्म देशैभर लक डाउनको घोषणा गरेको छ ।

पहिलो चरणमा चैत ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म लक डाउनको घोषणा गरिएको थियो भने दोस्रो चरणमा चैत १८ देखि २५ गते मध्यरातसम्म लम्व्याइएको छ । लकडाउनका कारण काठमाण्डौ उपत्यकाका शहर बजार सुनसान देखिएका छन् भने मानिसहरुको चहलपहल पनि न्यून रहेको छ ।

सडकमा खानेपानी, इन्धन तथा अस्पतालका सवारी साधन र एम्बुलेन्स भने निर्वाध रुपमा संचालनमा आएका छन् । लकडाउनका कारण मुख्य सडक र भित्री क्षेत्रमा बसोबास गरेका सर्वसाधरणहरु घरबाहिर निस्किएका छैनन । सरकारले कोरोना भाइरस संक्रमणबाट बच्न सर्वसाधारणलाई घरभित्रै बस्न र सामाजिक दुरी कायम राख्न आग्रह गरेको छ ।

आजपनि अनुमति विना सञ्चालन भएका सवारी साधनलाई सुरक्षाकर्मीले रोकेका रोकेका छन् भने लकडाउन उल्लंघन गर्न खोज्नेलाई प्रहरीले नियन्त्रणमा लिएक छ ।

यसैगरी उपत्यका बाहिर पनि लकडाउनको पालना कडाईका साथ गरिएको छ । उपत्यका बाहिरका जिल्ला र सातै प्रदेशमा पनि लकडाउनका कारण मुख्य शहर बजारहरु सुनसान र शान्त रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);