आज लकडाउनको १६ औं दिन : देशैभरका शहर बजार सुनसान, सवारीपासलाई निरन्तरता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आज लकडाउनको १६ औं दिन : देशैभरका शहर बजार सुनसान, सवारीपासलाई निरन्तरता

lockdown new

काठमाडौं, २६ चैत । लकडाउनको १६ औं दिन आज काठमाण्डौ उपत्यका लगायत देशैभरका शहर बजार अन्य दिन जस्तै सुनशान छन् । बिश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले आगामी बैशाख ३ गतेसम्म देशैभर लक डाउनको घोषणा गरेको छ ।

लकडाउनका कारण काठमाण्डौ उपत्यकाका शहर बजार सुनसान देखिन्छन् भने मानिसहरुको चहलपहल पनि न्यून छ । सडकमा खानेपानी, इन्धन तथा अस्पतालका सवारी साधन र एम्बुलेन्स भने निर्वाध रुपमा संचालन आएका छन् । सरकारले कोरोना भाइरस संक्रमणबाट बच्न सर्वसाधारणलाई घरभित्रै बस्न र सामाजिक दुरी कायम राख्न आग्रह गरेको छ ।

आजपनि अन्यदिन जस्तै अनुमति विना सञ्चालन भएका सवारी साधनलाई सुरक्षाकर्मीले रोकेका छन् । सरकारले लकडाउन अवधिभर यसअघि जारी गरिएका सवारी पासलाई नै निरन्तरता दिने निर्णय गरेको छ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै सवारी पास लिन आउँदा उत्पन्न भिडभाड नियन्त्रण गर्न यसअघि जारी भएका पासबाटै आवागमनको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

यसैगरी उपत्यका बाहिर पनि लकडाउनको पालना कडाईका साथ गरिएको छ । उपत्यका बाहिरका जिल्ला र सातै प्रदेशमा पनि लकडाउनका कारण मुख्य शहर बजारहरु सुनसान र शान्त छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);