बिना सूचना सेवामा नआउने पाँचजना चिकित्सक बर्खास्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बिना सूचना सेवामा नआउने पाँचजना चिकित्सक बर्खास्त

lumbini hospital

बुटवल,  २६ चैत । कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने अवस्थामा ड्युटीमा नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई सेवाबाट हटाइएको छ ।

अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डाक्टर बरदान वली र डाक्टर ताराप्रसाद शर्मा, ईएनटी विभागका डाँटर प्रकाश न्यौपाने, युरोसर्जन डाक्टर सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डाक्टर प्रकृती कार्कीलाई सेवाबाट हटाइएको हो ।

अस्पताल प्रशासनलाई जानकारी नदिई ड्युटीमा नआएपछि उनीहरुलाई हटाइएको अस्पतालले जनाएको छ । हटाइएका पाँचैजना चिकित्सकहरु करारमा नियुक्त भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);